असार २२, २०८२ आइतबार July 6, 2025

७० हजार विद्यार्थी दिक्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ७० हजार विद्यार्थी दिक्षित भएका छन्। बिहीबार पुलचोक इन्जिनियरिङ कलेजको प्रांगणमा दिक्षान्त समारोह आयोजना गरेको थियो। तर, १० हजार विद्यार्थीले मात्र दिक्षान्तको फाराम भरेका थिए।

दिक्षान्त समारोहमा विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा विज्ञान तथा प्रविधिक मन्त्री गिरिराजमणि पोखरेलले भने,विश्वविद्यालयबाट धेरै विद्यार्थीले प्रमाणपत्र लिएपनि यहाँको शिक्षा स्तरिय नभएको धेरैको गुनासो छ । यसका लागि विश्वविद्यालय प्रशासन गम्भीर हुनुपर्छ ।

पोखरेलले गुणस्तरीय र निःशुल्क शिक्षाको लागि सरकार प्रतिवद्ध रहेको बताएका छन। उनले संविधानमा मौलिक हकअन्तर्गत कक्षा आठसम्मको शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यमिक तहको शिक्षा निःशुल्क हुने उल्लेख छ ।

तर निःशुल्क शिक्षाको कानुनी व्यवस्था कार्यान्वयन हुन सकेको छैन । पोखरेलले भने,विस्तारै संविधानको लाइन अनुसार काम गर्दैछौं । शिक्षालाई सेवामुलक बनाउने अभियानमा सरकार रहेको पनि उनले बताएका छन ।

विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले बजेट अभावमा त्रिविको शैक्षिक, भौतिक तथा प्रशासनिक कामलाई चुस्त बनाउन नसकिएको गुनासो गरेका छन । कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहको विभिन्न सङकायमा उत्कृष्ट भएका विद्यार्थीलाई मेडल प्रदान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार