काठमाण्डौः नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा मंगलवार प्रतितोला तीन सयले बृद्धि भएको छ ।
मंगलवार छापावाल सुन प्रतितोला रू. ७२ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला रू.७१ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
सोमवार सुनको मूल्य प्रतितोला रू.७१ हजार ९ सयमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि मंगलवार अघिल्लो दिनको तुलनामा रू.१५ ले बढेर प्रतितोला रू. ८ सय ७५ रूपैयामा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया