असार २४, २०८२ मंगलबार July 8, 2025

जुम्लापछिकै बढी चिसो काठमाडौंमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो ।

बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको मौसमविद् सजिना शाक्यले जानकारी दिएकी छन। सोही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ छ ।
शाक्यका अनुसार, बुधबार बिहान ५ः४५ मा काठमाडौंको तापक्रम ३ डिग्री सेन्टिग्रेड थियो । त्यसको केही समयपछि बिहान ८ः४५ मा मापन गर्दा अझै घटेर २.९ सेन्टिग्रेडमा पुगेको हो ।

यो काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो ।

मौसमविद् शाक्यका अनुसार, काठमाडौं उपत्यकाको तापक्रम अझै घट्दै जाने सम्भावना देखिएको छ । ‘काठमाडौंको न्यूनतम तापक्रम अझै घट्छ । तर शून्यमै पुग्ला या नपुग्ला भनेर अहिले नै अनुमान गर्न भने सकिँदैन’, मौसमविद् शाक्यले भनिन् ।

महाशाखाको बुधबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्ला र काठमाडौंपछि दाङमा चिसो छ । त्यहाँको न्यूनतम तापक्रम ३.५ छ । त्यसैगरी, ओखलढुंगामा ४, सिमरामा ६.५ तथा धनकुटा र डडेल्धुराको समान ६.८ डिग्री सेन्टिग्रेड मापन भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार