बैसाख २६, २०८३ शनिबार May 9, 2026

उच्च शिक्षा पढ्ने छोरी बुहारीलाई ५ विषयमा छात्रवृत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौंडा । उच्च शिक्षा पढ्ने प्रदेश ३ भित्रका छोरी बुहारीका लागि व्यवस्था गरेको छात्रवृत्ति प्राप्त गर्न योग्यता पुगेका छोरी बुहारीलाई निवेदन दिन शिक्षा विकास निर्देशनालयले आह्वान गरेको छ । प्रदेश ३ को सामाजिक विकास मन्त्रालय मार्फत् सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वितरण हुने उक्त छात्रवृत्ति विभिन्न ५ विषयका लागि दिईने निर्देशनालयको आह्वानमा उल्लेख छ ।
प्राविधिक तथा व्यवसायिक तर्फ स्नातकोत्तरका लागि ५ वटा कोटामा १ लाख ७६ हजार रुपैंयाका दरले छात्रवृत्ति उपलब्ध गराईने छ । यस्तै विज्ञान तर्फ स्नातकोत्तरका लागि १० कोटामा ५२ हजार रुपैंयाका दरले र विज्ञान बाहेक अन्य विषयको स्नातकोत्तरको १ सय कोटाका लागि २५ हजार रुपैंयाका दरले छात्रवृत्ति दिने उल्लेख छ । यसैगरी विज्ञानको स्नातकका लागि २० कोटामा ४० हजारका दरले र विज्ञान बाहेकका स्नातकका लागि २ सय ६५ कोटामा २० हजारका दरले छात्रवृत्ति दिईने निर्देशनालयले जनाएको छ ।

प्रदेश ३ भित्र बसोवास भएका र विवाह गरी प्रदेश ३ भित्र आएका छात्राहरुले १५ दिन भित्र शिक्षा तालिम केन्द्र धुलिखेल वा हेटौंडा स्थित निर्देशनालयको कार्यालयमा आवेदन गर्न सक्ने छन् । आवेदनको साथमा शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र पेश गर्नु पर्ने छ । साथै दलित, जनजाती, शहीद, वेपत्ता परिवारका विद्यार्थी भएमा सो सम्बन्धमा प्रमाणित पत्र, क्याम्पस भर्ना भएको रसिद र बार्षिक शुल्क किटान गरिएको पत्र, विपन्न परिवारको विद्यार्थी भएमा स्थानीय तहबाट प्रमाणित पत्र पनि पेश गर्नु पर्ने हुन्छ ।

यसै गरी यस अघिका तहमा छात्रवृत्ति प्राप्त गरेको भए सोको किटानी पत्र र हाल स्थायी बसोवास रहेको स्थानीय तहको पत्र पनि पेश गर्नु पर्ने हुन्छ । विवाहिताको हकमा विवाह दर्ता प्रमाणपत्र र श्रीमानको नागरिकताको प्रमाणित प्रतिलिपी पनि पेश गर्नु पर्ने व्यवस्था गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार