कार्तिक ११, २०८३ बुधबार October 28, 2026

डिजिटल प्लेटफर्म छोड्ने नवाजुद्दीनको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः फिल्मका अलावा डिजिटल प्लेटफर्मबाट पनि आफ्नो अभिनय कला देखाएका अभिनेता नवाजुद्दीन सिद्दीकीले डिजिटल प्लेटफर्म छोड्ने घोषणा गरेका छन् ।

अर्थात् नवाजुद्दीन भविष्यमा वेब सिरिजमा देखिने छैनन् । डिजिटल प्लेटफर्मले दिनानुदिन आफूलाई मजबुत बनाइरहँदा नवाजुद्दीन भने यो विकासबाट खुशी छैनन् ।

‘निरर्थक शोका लागि वास्तवमा अब ओटीटी प्लेटफर्म एक डम्पिङ ग्राउण्ड बनेको छ । यो प्लेटफर्ममा यस्ता यस्ता शो आइरहेका छन्, जो पहिलो पटक नै हेर्न लायक थिएनन् वा फेरी पनि तिनीहरुको सिक्वेल आइरहेका छन्, हुन हेर्न लायक केही छैनन्’, उनले भनेका छन् ।

उनले आफूले नेटफ्लिक्सका लागि ‘सेक्रेड गेम्स’मा काम गर्दा डिजिटल प्लेटफर्मममा धेरै कुरा रहेको दाबी गरेका छन् । ‘नयाँ प्रतिभालाई मौका दिइरहेको थियो । तर अब त्यो ताजापन हराएको छ । यो अब ठूलो प्रोडक्सन हाउस र कलाकारका लागि धन्दा बनेको छ । जो अब ओटीटी प्लेटफर्ममा तथाकथित स्टार बनेका छन्’, उनले भनेका छन् ।

नवाजको बुझाईमा ओटीटी असहनीय छ । उनले आफूले ओटीटीलाई हेर्न नसकिरहँदा त्यस्तो प्लेटफर्ममा कसरी काम गर्नसक्छु भनेर प्रश्न गरेका छन् । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार