असार २६, २०८२ बिहिबार July 10, 2025

तनहुँमा दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आगामी मङ्सिर ११ देखि २२ गतेसम्म दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप २०७८ प्रतियोगिता हुने भएको छ । गाउँपालिका कार्यालयले आज दमौलीमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।

ऋषिङ समृद्धिको आधार, कृषि संस्कृति पर्यटन र पूर्वाधार भन्ने मूलनाराका साथ गत वर्षदेखि सुरुवात भएको भलिबल प्रतियोगितालाई यसवर्ष पनि नितरन्तरता दिन लागेको गाउँपालिका कार्यालयले जनाएको छ ।

जिल्लाको दक्षिण भेगमा पर्ने ऐतिहासिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण पालिकाको रुपमा परिचित ऋषिङ गाउँपालिकालाई विकास निर्माणको साथै खेलकूद क्षेत्रको केन्द्रका रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । जनप्रतिनिधि निर्वाचित भएर आएको दोस्रो वर्षदेखि नै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट सुरु गरिएको उहाँले बताउनुभयो ।

तेस्रो वर्षदेखि विकास निर्माणका कार्यलाई तीव्रता दिँदै खेल जगतलाई पनि सँगसँगै लैजानुपर्छ भन्ने उद्देश्यले खेलकूदलाई प्राथामिकतामा राखिएको हो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “गाउँपालिकाको साथसाथै मुलुकभरका खेलाडीको प्रतिभालाई ऊजागर गर्न यो प्रतियोगिता प्रभावकारी बन्दै गएको छ ।” प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ४० हजार, दोस्रोले एक लाख, तेस्रोले रु ६० हजार र सान्त्वना हुनेले रु तीस हजार नगद तथा प्रमाणपत्र पाउने छ ।

उक्त प्रतियोगिता ऋषिङगाउँपालिका–१ झापुटारमा हुने आयोजक समितिले जनाएको छ । गतवर्ष १७ टिमले प्रतियोगितामा सहभागी जनाएका थिए । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यसवर्ष कम्तीमा ५० टिम सहभागी हुने लक्ष्य छ ।” गत वर्ष समय कम भएको र एकै साथ अन्य पालिकामा पनि खेल सञ्चालन भएकोले सोचेअनुरुप खेलाडी टिम सहभागी हुन नसकेको जनाइएको छ । यसपटक भने समय भएकाले उत्साहजनक खेल हुने विश्वास आयोजक समितिले लिएको छ ।

खेलकूद क्षेत्रको लागि गाउँपालिका सभाबाट रु ६ लाख र अतिरिक्तमा रु तीन लाख विनियोजन गरेको गाउँपालिका कार्यालयले जनाएको छ । त्यसैगरी महिलालाई पनि खेल क्षेत्रमा उत्साहित गर्न चैते दसँैको अवसरमा ऋषिङगाउँपालिका–५ पिपलटारमा उपाध्यक्ष भलिबल कप आयोजना गरिएको छ । प्रतियोगितामा भाग लिन चाहने टिमलाई रु पाँच हजार शुल्क तोकिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, जिसस सदस्य नीलबहादुर थापा, गाउँपालिकाका कानूनी सल्लाहकार परशुराम गिरी, नेपाली कांग्रेस जिल्ला सदस्य मोहन गिरी, नेकपा (एमाले) ऋषिङका सचिव कविलास श्रेष्ठ लगायतका वक्ताले खेल प्रतियोगिता सफल बनाउन सबै क्षेत्रबाट जागरुक बन्नुपर्नेमा जोड दिनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार