असार २२, २०८२ आइतबार July 6, 2025

´चम चम` बोलको तामाङ सेलो गीत सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हेरुका लामाको प्रस्तुति रहेको ‘चम चम’ बोलको तामाङ सेलो गीत सार्वजनिक भएको छ । बौद्धको रेस्टुरेन्टमा एक कार्यक्रम बिच गीतको अफिसियल भिडियो सार्वजनिक गरिएको हो।

प्रतीक मोक्तानको शब्द एवम् जोगलाल लामाको संगितसंगै एरेन्ज रहेको यस गितमा बेनु लामा र सिर्जना स्याङ्तानले स्वर दिएका छन् ।

उक्त गितको भिडियोमा हेरुका लामा, निरन्जली लामा, राजिव लुङ्वा र सबु गोलेको अभिनय रहेको छ भने अतिथि कलाकारको रुपमा तामाङ चलचित्र क्षेत्रका मेघा स्टार, अमिर दोङ, रमेश बुढाथोकी, संजय थापा, रबिन्द्र खड्का, संजिब वाइवा र सिताराम वाइवा रहेका छन्।

सार्वजनिक गितको भिडियोमा रोनिश तामाङको छायांकन, हेरुका लामाको निर्देशन र कोरियोग्राफी,तारा थापा किम्भेको सम्पादन, राजेश कुमारको रङ्ग सम्पादन,किम्भे प्रोडकसन र भिडियो बैंकको निर्माण समायोजन रहेको छ भने उक्त गितको भिडियोलाई पेम्जोङ लामा र भारती तामाङले निर्माण गरेका छन् भने सह निर्माण सिताराम वाइवा र संजिप वाइवाले गरेका छन्।

गीतको भिडियोलाई हेरुका लामा नामक अफिसियल युटब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियोमा हेर्नुहोसः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया