कार्तिक ११, २०८३ बुधबार October 28, 2026

डिबी लामाको ‘आपा-आमा’ बोलको गीत सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको‘आपा–आमा’ बोलको गीत बजारमा आएको छ । बिहीवार काभ्रेको धुलिखेलस्थित् मिराबेल होटलमा पत्रकार सम्मेलन गरी उक्त गीत सर्वजानिक गरिएको हो । पत्रकार सम्मेलनमा उपस्थित् हुनेहरुको मन रसाएको थियो । कार्यक्रमका प्रमुख अतिथी बौद्ध धर्म गुरु तथा चर्चित गायिका आनी छोइङ डोल्मोले उक्त म्युजिक भिडियो बिमोचन गर्दै सफलताको शुभकामना व्यक्त गर्नुका साथै यस्ता भिडियोले समाजमा सकरात्मक सन्देश दिने बताए ।

चन्द्रदेव मोक्तान फाउण्डेशनले निर्माण गरिएको छ । उक्त म्युजिक भिडियोमा तामाङ चलचित्र संघका अध्यक्ष एंव मेगास्टार कुमार मोक्तानको मुख्य अभिनय रहेको छ भने चाँदनी मोक्तान, रोशन फ्युबा, सोनाम लामा र अस्मिता तामाङको अभिनय देख्न सकिन्छ ।

कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लामाले प्रतिष्ठानको तर्फबाट मंगल जनविजय माविमा इन्जीनियरीङ विषय लिएर अध्ययन गर्ने २ जना विद्यार्थीलाई पूर्ण छात्रबृत्तिको व्यवस्था गर्ने समेत प्रतिबद्धता जाहेर गरे । साथै अध्यक्ष लामाले आफ्ना आमा बुवा जिवित भगवान भएको बताए । उनले आफ्ना आपा–आमा लाई जिवित हुँदा नै माया र ममता गर्नु पर्नेमा जोड दिए ।

गीतमा रोशी गाउँपालिकाका प्रमुख डिबी लामाले लेखेका हुन । अमृत लामाको संगीत र स्वर, पवन वाङ लामाको संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतको म्युजिक भिडियोलाई रोशन फ्युबाले ड्रोन छायांकन, लक्ष्मण घिमिरे र रोशन फ्युबाले छायांकन गरेका हुन । भिडियोलाई उनै मेगास्टार कुमार मोक्तानले निर्देशन गरेका हुन । कार्यक्रममा पत्रकार,समाजसेवी, राजनितिकर्मी, सुरक्षाकर्मी एव कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । – एजेन्सी

भिडियोमा हेर्नुहोसः 

https://youtu.be/wSNd9xdby-I

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार