असार २६, २०८२ बिहिबार July 10, 2025

जुम्लामा भलिबल प्रतियोगिता : महिलातर्फको उपाधि तातोपानी गाउँपालिकालाई 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डदंः जुम्लामा यही २५ गतेदेखि सुरु भएको जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सकिएको छ । महिलातर्फको उपाधि तातोपानी गाउँपालिकाको टिमले जितेको  छ । उक्त प्रतियोगितामा महिलातर्फ बाट चार टिमको सहभागिता रहेको थियो । महिलातर्फबाट द्वितीय गुठीचौर गाउँपालिकाको टिम भएको छ ।

त्यस्तै पुरुषतर्फ पातारासी गाउँपालिकाको टिमले हात पारेको छ । गुठीचौर गाउँपालिकाको वडा नम्बर ५ त्रिभुवन मावि झारज्वलामा जिल्ला स्तरीय तीन दिने भलिबल प्रतियोगिता भएको थियो । पुरुषतर्फ तिला गाउँपालिका द्वितीय भएको छ । मुख्यमन्त्री कपका लागि जिल्लामा महिला र पुरुषको टोली छनोट गरिएको थियो ।

पुरुष भलिबलमा पातारासी गाउँपालिकाले जिते पनि मुख्यमन्त्री कपमा ६ वटै पालिकाबाट खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिले जुम्लाले जनाएको छ । प्रथम हुने टिमले ५० हजार नगद, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

द्वितीय टिमले ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका जिल्ला खेलकुद विकास समिति जुम्लाकी सदस्य सचिव संगीता आचार्यले बताइन् ।

खेलका सर्वोत्कृष्ट पुरुषतर्फका खेलाडी पातारासीका हर्क बुढा र महिलातर्फकी तातोपानी गाउँपालिकाकी देवकी देवकोटालाई प्रमाण पत्रसहित सम्मान गरिएको छ । दिलमाया शाही/न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासित
२०८२ असार २६, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँइको दैनिक राशिफल
२०८२ असार २६, बिहिबार
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार