असार २६, २०८२ बिहिबार July 10, 2025

उपमेयर कप राष्ट्रिय महिला छनोटको उपाधि धनगढीलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट उपाधि जितेको छ ।

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै धनगढी पहिलो पटक  च्याम्पियन बनेको हो ।

निर्धारित समयमा खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गरे । ललितपुरकी निर्मला बिकले मात्र गोल गरिन् ।

उपाधिसँगै धनगढीले पाँच लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता बनेको ललितपुरले तीन लाख रुपैयाँ प्राप्त गरेको छ । यद्यपि, फाइनल प्रतिद्वन्द्वी धनगढी र ललितपुर राष्ट्रिय लिगमा छनोट भइसकेका छन् ।

राष्ट्रिय लिगमा तीनवटा विभागीय टोलीसहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र बिराटनगर महानगरपालिका गरी आठवटा टोलीको सहभागिता रहनेछ ।न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासित
२०८२ असार २६, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँइको दैनिक राशिफल
२०८२ असार २६, बिहिबार
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार