असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालले कतारलाई सहजै हरायो 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः पहिलो मैत्रीपूर्ण टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले कतारलाई सहजै पराजित गरेको छ । मंगलबार दोहामा भएको तीन शृंखलाको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको हो ।

जितका लागि १४७ रनको लक्ष्य पाएको कतार ११ ओभर ५ बलमा मात्र २७ रनमा अलआउट भएको थियो । नेपालको धारिलो बलिङ सामु कुनै पनि कतारी खेलाडी खुलेर खेल्न सकेनन् ।

कतारका ७ खेलाडी शून्यमै आउट भएका थिए भने कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन् । ११ बल फालेकी रुविनाले १ रन दिएर ३ विकेट लिएकी थिइन् । यस्तै कविता कुँवर र सिता राना मगरले समान २ विकेट लिए । यता, करुना भण्डारीले १ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

नेपालको लागि इन्दु बर्माले अर्धसतकसहित सर्वाधिक ५५ रन बनाइन् । ४५ बल खेलेकी इन्दुले ५ चौका प्रहार गरेकी थिइन् । यस्तै सिता राना मगरले ३९ रनको योगदान गरेकी थिइन् ।

नेपालले कतार भ्रमणमा तीन टी–ट्वान्टी खेल खेल्नेछ । यसपछि नेपाली टोली ग्लोबल छनोट खेल्न संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ ।- न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार