भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

प्रदेश १ मा ‘सडक बालबालिका’ मुक्त बनाउने अभियानको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । प्रदेश १ मा पनि सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रीकालिन अभियान थाल्ने घोषणा गरिएको छ । यो अभियानको सुरुवात शुक्रबार साँझ प्रदेश-१ को धरानबाट हुनेछ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, बालबालिका खोजतलास समन्वय केन्द्रले सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेश १ का मुख्य शहरका सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रीकालिन अभियानको घोषणा गरिएको हो ।

केन्द्रले यसअघि संघीय राजधानी काठमाण्डौमा रात्रिकालीन अभियान चलाएर सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धार गरेको थियो ।

मन्त्रालयले शुक्रबार विराटनगरमा बाल अधिकारकोस्थिति सम्बन्धी अन्तक्रिया कार्यक्रमको आयोजना गरि प्रदेश १ मा पनि सडक बालबालिका खोजी तथा उद्धारको अभियानको थालनी गर्ने घोषणा गरेको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पर्वत गुरुङले संघीय संरचनाको अवधारणलाई आत्मसाथ गदै प्रदेशमा हस्तान्तरण गर्ने नीति अनुसार प्रदेश-१ मा रात्रीकालिन अभियान चलाएर सडक बालबालिकाको खोजी र उद्धारको अभियान सञ्चालन गरिएको बताएका छन ।

मन्त्री गुरुङले सरकारले संविधानले नै बालबालिकाले खाना, लाउन र पठन–पाठन गर्न पाउने संवैधानिक अधिकारलाई व्यावाहारिक कार्वान्वयका लागि सरकारले नै जिम्मा लिने नीति अनुसार अभियानको सुरुवात गर्न लागिएको बताएका छन । त्यसका लागि प्रदेश, स्थानीय सरकारको आवश्यक सहयोगको अपेक्षा रहेकोमा जोड दिएका छन ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आवधिक योजनामा नै प्रदेशलाई सडक बालबालिका मुक्त बनाउने घोषणालाई सार्थक बनाउन संघीय सरकारले ल्याएको नीतिले थप मद्धत पुगेको बताएका छन ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले निर्माण गर्ने नीति ऐनमा बालबालिका मैत्री नीति तथा कानून बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको पनि बताएका छन ।

कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडकमा बस्नु पर्ने र बाँच्नुपर्ने अवस्थाको अन्त्य आजकै दिनबाट सुरु हुने बताएका छन ।

प्रदेश १ का मुख्य शहर सुनसरीको धरान, इटहरी, झापाको दमक र बिर्तामोडमा गरी ६३ जना सडक बालकबालिका रहेको प्रदेश १ का सामाजिक विकास मन्त्रालय सचिव वीरबहादुर राईले बताएका छन । कुल ५ सय ३३ बालगृह मध्ये प्रदेश १ मा २८ वटा रहेका र जसमध्ये हाल १४ वटा मात्रै सञ्चालनमा रहेको उनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
२०८३ भाद्र ३०, मंगलबार
भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता
२०८३ भाद्र ३०, मंगलबार
कांग्रेसले जारी गर्यो १५ औं महाधिवेशन निर्वाचन निर्देशिका (पूर्णपाठ)
२०८३ भाद्र ३०, मंगलबार
महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
२०८३ भाद्र ३०, मंगलबार
खर्क तथा चरन क्षेत्रलाई रोजगारी सिर्जनासँग जोड्नुपर्छ : अध्यक्ष दाहाल
२०८३ भाद्र ३०, मंगलबार
आईतवारको बिदा कटौती गर्न सांसद ताहिर अली भाटको माग
२०८३ भाद्र ३०, मंगलबार
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह
२०८३ भाद्र ३०, मंगलबार