असार २६, २०८२ बिहिबार July 10, 2025

फ्रेन्च लिगः मेस्सीको गोल, पीएसजीको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः स्ट्रार खेलाडीद्वय लियोनल मेस्सी र केलियन एमब्बाप्पेले गोल गरेको खेलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पेले दोस्रो मिनेटमा गोल गरे । खेलको ८२औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।

खेलको ८७औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए । मेस्सीको यो पहिलो लिग वान गोल हो ।

यसघि खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो । खेलको ७६औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

जितसँगै पीएसजीले १४ खेलमा ३७ अंक जोड्दै  शीर्ष स्थानमा रहेको छ । नान्टेस १८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया