असार २६, २०८२ बिहिबार July 10, 2025

‘ए’ डिभिजन लिगः पहिलो खेलमा आर्मी र पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुँदैछ । पहिलो खेल दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यसैगरी दोस्रो खेल मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी)बीच खेल हुँदैछ । पहिलो खेल दिनको एक बजे र दोस्रो खेल अपरान्ह ४.४५ बजे खेलिने कार्यक्रम रहेको छ ।

हिजो सम्पन्न खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली एपीएफ एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

खेलमा २-२ गोलको बराबरी अवस्थामा इन्जुरी समयमा सुरज गुरुङले गोल गर्दै ब्रिगेडलाई ३-२ को जित सुनिश्चित गराए । खेलको म्यान अफ दि म्याच ब्रिगेडका रोशन राना मगर भए ।

जितसँगै ब्रिगेडले महत्वपूर्ण ३ अंक जोड्न सफल हुदा एपीएफले भने हारबाट लिगको सुरुवात गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार