काठमाडौंः’सितल जुन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार प्रलाद शाहको यस गीतमा शब्द रहेको छ।
गीतमा युवा पुस्ताकि चर्चित गायिका अस्मिता अधिकारी र भोइस अफ नेपाल फेम्ड गायक आर्यन तामाङको युगल गायन रहेको छ।
गीतमा कल्याण सिंहको संगीत रहेको छ भने गोपाल रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
युवा युवती बीचको प्रेम र आकर्षणलाई गीत प्रस्तुत गरिएको भिडियोमा दिपक घिमिरे र पुजा ठाकुरलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।
होप इन्टरनेशनलले प्रायोजन गरेको भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया