असार २६, २०८२ बिहिबार July 10, 2025

इङ्लिस प्रिमियर लिग : चेल्सी र म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेड १-१ गोलको बराबरीमा रोकिंदै अंक बाँडेका छन् ।

आफ्नै घरेलु मैदानमा सम्पन्न खेलमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले अधिकांश समय बल पकड आफ्नो पक्षमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाएको हो । यता युनाइटेडले भने नयाँ प्रशिक्षक पाएसँगै आफ्नो खेलमा ठूलो सुधार गरेको छ ।

प्रायः सबै खेलमा फितलो प्रदर्शन गर्दै आएको युनाइटेडले हिजोको खेलमा चेल्सीलाई दोस्रो हाफको ५०औं मिनेटमा स्ट्राइकर सान्चोको गोलबाट पछि पारेको थियो ।

तर खेलको ६४औं मिनेटमा चेल्सीले पाएको पेनाल्टी किकलाई जर्जिनोले गोलमा परिणत गरेपछि खेल बराबरीमा टुङ्गिएको हो । यो बराबरीसँगै चेल्सी ३० अंकसहित शीर्ष स्थानमा छ भने युनाइटेड १८ अंकसहित आठौं स्थानमा रहेको छ ।

त्यसैगरी हिजै सम्पन्न अर्को खेलमा म्यानचेष्टर सिटीले वेष्टह्याम युनाइटेडमाथि २-१ गोलको जीत निकाल्दै २९ अंकसहित दोस्रो स्थानमा उक्लन सफल भएको छ । तेस्रो स्थानमा भने २८ अंकसहित लिभरपुल रहेको छ ।-एनटिभी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासित
२०८२ असार २६, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँइको दैनिक राशिफल
२०८२ असार २६, बिहिबार
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार