काठमाडौंः हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको छ।
१४ औं वैवाहिक वर्षगाँठको अवसरमा उनीहरुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘मायाले जीवन सजाउ’ बोलको गीतमा धुर्मुस सुन्तलीले अभिनय गरेका छन्।
गीतमा धुर्मुसकै भाई अर्थात लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अस्मिता अधिकारीको स्वर छ।
अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका हुन्।
बाराही जंगल लज चितवनमा खिचिएको भिडियो प्रभु पेसँगको सहाकार्य एवं मुक्तिनाथ विकास बैंकको सहयोगमा सुबिहानी फिल्म्सले निर्माण गरेको हो।- न्यूजअभियान
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया