असार २६, २०८२ बिहिबार July 10, 2025

सहिद स्मारक लिग : भोलिबाट तेस्रो चरणका खेल सुरु हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

चार दिनसम्म चल्ने तेस्रो चरणमा तीन दिन दुई खेल हुनेछ भने एक दिन एक मात्रै खेल हुने तालिका सार्वजनिक भएको छ । दिनमा दुई खेल हुँदा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल तथा दिनको एक मात्रै खेल साँझ पौने ५ बजे हुनेछ ।

शुक्रबारको पहिलो खेलमा फ्रेण्ड्स क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । यस्तै, दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब लगातार दुई खेलमा पराजित भई पुछारमा रहेको एपीएफ फुटबल क्लबसँग भिड्नेछ ।

शनिबारको पहिलो खेलमा दोस्रो स्थानको संकटा क्लबले शीर्षस्थानको मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती दिनेछ । सोही दिनको दोस्रो खेलमा च्यासल युथ क्लबले उपाधिमा दाबी गरेको न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।

तेस्रो चरणअन्तर्गत आइतबार हुने एक मात्रै खेलमा ब्रिगेड ब्वाइज क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको आक्रामक सैलीकाे दबाब खेप्नेछ । एन्फाले २० मंसिरमा तय दुई खेललाई भने दुई दिन धकेल्दै २२ मंसिरमा पुर्याएको छ । रंगशालामा युथ एथ्लेटिक्स प्रतियोगिता हुने भएसँगै तेस्रो चरणका अन्तिम दुई खेल सारिएका हुन् ।

बुधबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । सोही दिन हुने तेस्रो चरणको अन्तिम खेलमा लगातार दोस्रो खेलमा पराजित जावलाखेल युथले साविक विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।

दुई चरणको खेल सकिँदा कीर्तिमानी आठौं पटक लिगको उपाधि हात पारेको मनाङ शतप्रतिशत जितका साथ शीर्षस्थानमा छ । समान ४ अंक भएका संकटा, ब्रिगेड, मच्छिन्द्र, पुलिस, सातदोबाटो क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् ।

समान ३ अंक बनाएका थ्री स्टार र च्यासल सातौँ र आठाैँ स्थानमा रहँदा आर्मी नवौँ स्थानमा छ । समान १ अंकका शेर्पा, फ्रेण्ड्स र एनआरटी क्रमशः १० औँ, ११ औँ, र १२ औँ स्थानमा रहँदा कुनै अंक जोड्न नसकेका जावलाखेल र एपीएफ रेलिगेशन जोनमा छन् ।

१४ क्लब सहभागी लिगको पुछारमा रहने दुई क्लब ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन् । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार