असार २६, २०८२ बिहिबार July 10, 2025

सहिद स्मारक लिगमा तेस्राे चरणका खेल आजदेखि, पहिलो जितको खोजीमा फ्रेण्ड्स र एपीएफ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तेस्रो चरणका खेलमा पहिलो दिन दुई खेल हुने तालिका छ ।

दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा ललितपुर डर्बी परेको छ । जहाँ कुपण्डोलको फ्रेण्डस् क्लब र पाटनको तीन पटक लिग च्याम्पियन थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगमा फ्रेण्ड्स जितविहीन छ । उसले २ खेलबाट १ अंक मात्रै जोडेको छ । थ्रीस्टारविरुद्ध फ्रेण्ड्स पहिलो जित निकाल्ने दाउमा हुनेछ । त्यसका लागि प्रकाश बुढाथोकीको कप्तानीमा रहेको फ्रेण्ड्स तयार छ ।

‘म पहिले थ्रीस्टारको प्रशिक्षक र खेलाडी दुबै हुँ । विपक्षीविरुद्ध कसरी खेल्नुपर्छ मलाई थाहा छ । थ्रीस्टार र हाम्रो स्तर एउटै हो । हामी तीन अंकको लागि खेल्छौं,’ फ्रेण्ड्स क्लबका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले भने ।

फ्रेण्ड्सलाई एक भारतीय खेलाडीसहित अन्य तीन विदेशी खेलाडीको साथ छ ।

थ्रीस्टार पनि छिमेकी प्रतिस्पर्धीलाई पराजित गर्दै लिगमा दोस्रो जित निकाल्ने योजनामा छ । राष्ट्रिय टोलीका नियमित दुईसहित तीन खेलाडीको साथ रहेको थ्रीस्टार उच्च मनोबलका साथ तेस्रो खेलका लागि तयार छ ।

‘कुनै पनि प्रति‍स्पर्धी कमजोर हुँदैन । हामी फ्रेण्ड्सविरुद्ध मनोबलका साथ खेल्छौं । हाम्रो लक्ष्य तीन अंक हो,’ थ्रीस्टारका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारले भने ।

विक्रम लामाको कप्तानीमा उत्रिएको थ्रीस्टार पहिलो खेलमा च्यासलविरुद्ध ३–० को जित निकाल्दा दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथसँग १–० ले स्तब्ध बनेको थियो । थ्रीस्टारलाई विदेशी गोलरक्षक सहित दुई विदेशी खेलाडीको साथ छ ।

आज नै हुने दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले विभागीय एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सातदोबाटो लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रेण्ड्स क्लबसँग बराबरीमा रोकिएको सातदोबाटोले दोस्रो खेलमा बलियो थ्रीस्टारलाई पराजित गरेको थियो ।

त्यसैले पनि मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटो उच्च मनोबलको साथ मैदान उत्रनेछ । ‘पछिल्लो जितका कारण टोलीमा मनोबल उच्च छ । ‘तयारी पूरा भएको छ । हामी एपीएपविरुद्ध खेल्ने तयार छौंँ,’ सहायक प्रशिक्षक सुरज महर्जनले भने । सातदोबाटोले दुई विदेशी खेलाडी मैदान उतार्ने सम्भावना छ ।

लगातार दुबै खेलमा पराजित एपीएफ फुटबल क्लब पहिलो जितको खोजीमा छ । एपीएफ नवप्रवेशी क्लबविरुद्ध अंक खोस्ने दाउमा छ । ‘दुबै खेल हारेका छौं । दबाब छ । मनोबल उच्च बनाएर सातदोबाटोविरुद्ध जित्न खेल्छौं,’ सहायक प्रशिक्षक रत्न महर्जनले भने ।

लिगको दोस्रो चरणको समाप्तीमा लगातार दुई खेल जितेको मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार