असार २४, २०८२ मंगलबार July 8, 2025

भोलिबाट मौसम सुधारिए पनि सोमबारबाट पुनः वर्षा हुनसक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । केही दिनदेखि जारी बदली र वर्षामा भोलिबाट सुधार आउने भएको छ । तर लगत्तै सोमबारबाट नयाँ प्रणाली भित्रिने र त्यसले पानी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
पश्चिमी वायुले भित्राएको न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हिमाली भागमा हिमपात र तराई क्षेत्रमा शीतलहर छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार, बिहीबारबाट यो प्रणाली विस्तारै बाहिरिन थालेको छ । यही कारण सुदूरपश्चिमको मौसममा सुधार आइसकेको र भोलिबाट देशका मध्य र पूर्वको मौसम पनि सुधारिने मौसमविद् पौडेलले बताएका छन ।

‘पश्चिम वायुले ल्याएको न्यूनचापीय वायुका कारणले केही दिनदेखि बदली र वर्षा भइरहे पनि यो प्रणाली बाहिरिने क्रम सुरु भएकाले भोलिबाट मौसम सुधारिन्छ’, मौसमविद् पौडेलले भने ।

सोमबारबाट भित्रिने मौसम प्रणालीले पानी पार्ने

शुक्रबारबाट मौसम सुधारिए पनि सोमबारबाट फेरि वर्षा हुनसक्ने सम्भावना महाशाखाले औंल्याएको छ । सोमबारबाट न्यूनचापीय प्रणाली फेरि सक्रिय हुने र त्यसले पानी पार्ने मौसमविदको भनाइ छ ।

हिउँदयाममा औसतमा ५–६ वटासम्म मौसम प्रणाली आउँछन् । यस वर्ष अन्य वर्षको तुलनामा केही छिटो गरी मौसम प्रणाली भित्रिएका छन् । मौसमविद्का अनुसार, अब भित्रिने मौसम प्रणाली यो हिउँदयामको पाँचौं हो ।

यस वर्षको हिउँदमा पाँचौंपटटक भित्रिएको प्रणालीले कति दिन वर्षा हुन्छ भनेर यकिन गर्न भने नसकिने मौसमविद् पौडेलले बताए । ‘सोमबारबाट पुनः भित्रिने नयाँ मौसमी प्रणालीले पानी पार्ने देखिन्छ । तर, यसको प्रभाव कतिदिनसम्म रहन्छ भनेर अहिले नै यकिन गर्न सकिन्न’, मौसमविद् पौडेलले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार