असार २६, २०८२ बिहिबार July 10, 2025

थ्रीस्टार र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा टुङ्गियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंःशहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आजदेखि सुरु भएको तेस्रो चरणको पहिलो खेलमा थ्रीटार क्लबले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार र फ्रेन्ड्स क्लबको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । दुवै टोलीले एक÷एक अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो । खेलको ५१औँ मिनेटमा फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाले एक गोल गरे । कप्तान प्रकाश बुढाथोकीको क्रसमा फ्रेन्ड्सका ग्रासियाले हेडमार्फत गोल गर्दै फ्रेन्ड्सलाई पहिलो अग्रता दिलाएका हुन ।

त्यस्तै थ्रीस्टारका लागि भने मिक्छेन तामाङले गोल गरे । उनले खेलको ८३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । यस बराबरी खेलसँगै थ्रीस्टारले तीन खेलबाट चार अङ्क जोडेको छ । समान खेल खेलको फ्रेन्ड्सको भने दुई अङ्क छ । यसअघि पहिलो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग १–० गोअन्तरले पराजित भएको थियो ।

त्यस्तै फ्रेन्ड्स क्लबले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलको थियो भने दोस्रो खेलमा सङ्कटा क्लबसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार