श्रावण १६, २०८३ शनिबार August 1, 2026

दुर्लभ जेठामनकाे ‘जोवन बैना देऊ’ बोलको कौडा भाका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साहित्य तथा संगीत स्रष्टा दुर्लभ जेठामन (हिरनकुमार राई)को लोकभाका ‘जोवन बैना देऊ’ बोलको लोकभाका सार्वजनिक भएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-२ ताम्लिछा प्याखोलाका दुर्लभ जेठामनले पश्चिमेली कौडा लोकभाकाको म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

कौडा लोकभाकाको म्युजिक भिडियो काठमाडाैंमा आयोजित कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)ले विमोचन गरेका छन् । पृथक् स्टुडियो अनामनगरमा रेकर्ड गरिएको गीतमा दुर्लभ जेठामन र ‘द भ्वाइस अफ नेपाल सिजन-३’को उपविजेता तारा श्रीष मगरको स्वर छ । कुमारी बाँठा मगर (मनु)ले लेखेको गीतमा स्वयं गायक दुर्लभ जेठामनको संगीत समेटिएको छ ।

म्युजिक भिडियोमा अनुप राना, प्रिया घर्ती मगर र अञ्जली गुरुङको अभिनय देख्न सकिन्छ । निम संगीतको एरेञ्ज र केशु पुन मगरको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो । गीतका लागि एड्भेञ्चर इन्टरटेनमेन्टले दृश्यानिर्माण, दुर्गा पौडेलको छायांकन र नवीन घर्ती मगरको सम्पादन छ ।

म्युजिक भिडियो विमोचनका क्रममा राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलाले पूर्वेली संस्कार र संस्कृतिमा हुर्किएका दुर्लभ जेठामनले जोखिम मोलेर पश्चिमेली लोकभाका कौडाको गीत तयार पारेको प्रतिक्रिया दिए । दुई दशकदेखि साहित्यमा दुर्लभ जेठामनले परिचित राई गीत, संगीत र गायनमा पनि उत्तिकै क्रियाशील छन् । -न्यूज कारखना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
बारामा वृहत् सामाजिक सद्भाव र्‍याली सम्पन्न
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार