असार २६, २०८२ बिहिबार July 10, 2025

सुदीप, स्वागता, युवराज र सुमुया सर्वोत्कृष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान यूथ एथलेटिक्स च्याम्पियनसिपको आआफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यु १६ को पुरुषमा सुदीप र महिलामा सुष्मा तथा यु २० को पुरुषमा युवराज र महिलामा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । सुमुया बंगलादेशकी हुने भने बाँकी सबै नेपाली खेलाडी हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यु २० उमेर समूह अन्तर्गत १ सय मिटर दौडको पुरुषमा जाजरकोटका युवराज विक (११.०० सेकेन्ड) र महिलामा बंगलादेशकी सुमुया देवान (११.८५ सेकेन्ड), ४ मिटर दौडको पुरुषमा बंगलादेशका जेल्डासर्जिल रसिम खान (५१.६ सेकेन्ड) र महिलामा बंगलादेशकी रुना नस्रत जाहान (१ मिनेट ४ सेकेन्ड), ८ सय मिटर दौडको पुरुषमा कञ्चनपुरका सञ्जीव नेपाली (२० मिनेट ०३.९ सेकेन्ड) र महिलामा जुम्लाकी राममाया बुढा (२ मिनेट २६.३६ सेकेन्ड) पहिलो भए ।

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यु–२० हाइजम्पको पुरुषमा मोरङका सागर यादव (१.६६ मिटर) र महिलामा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको पुरुषमा चितवनका ललित राउन (१०.७० मिटर) र महिलामा दाङकी सुशीला चौधरी (९.६२ मिटर)ले स्वर्ण जिते ।

यु–१६ १ सय मिटर दौडको पुरुषमा वीरगन्जका आदेशकुमार यादव (११.२४ सेकेन्ड) र महिलामा भक्तपुरकी स्वागता खैजु तथा ८ मिटर दौडको पुरुषमा बागलुङका बादल कार्की (२ मिनेट ०७.८४ सेकेन्ड) र महिलामा कालिकोटकी भावनाले शीर्ष स्थान हात पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार