असार २६, २०८२ बिहिबार July 10, 2025

प्रदेश २ स्तरीय महिला क्रिकेट प्रतियोगिताको दोस्रो दिन बारा र सिराहा विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री कप प्रदेश स्तरीय टी ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन भएको दुई वटा खेलमा बारा र सिराहा विजयी भएको छ ।

पहिलो खेलमा बाराका राष्ट्रिय खेलाडी साना प्रवीणको उत्कृष्ट प्रदर्शनले बारा १० विकेटले जित हातपारे । त्यस्तै सिराहाले महोत्तरीसँग ५७ रनले जित हात पारेको हो ।

मंगलबार राजविराजस्थित राजरंगशाला खेल मैदानमा पहिलो खेलमा टस जितेर सिराहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन जोडेका थिए ।

सिराहाका सन्तोषी चौधरीले ३५ रन र आरती चौधरीले २९ रन जोडेका जोडे । बलिङतर्फ महोत्तरीकी रोजी खत्री र गोमा आलेले ३/३ विकेट लिएका थिए भने हेमा पटेल तथा शोभा आले १/१ विकेट लिए ।

प्रतिउत्तरमा महोत्तरीले १६ ओभरमा सब‌ै विकेट गुमाई ५६ रन मै सीमित रहे । जसमा टिमका लागि शोभा आले २१ रन बाहेक कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन ।

यता बलिङतर्फ सिराहाका अनुराधा चौधरी र चाँदनी साह २/२ विकेट तथा सन्तोषी चौधरी, सरसस्वति चौधरी, आरती चौधरीले १/१ विकेट लिएका छन् ।
खेलको प्लेयर अफ दी म्याच सन्तोषी चौधरी घोषित भएकी छिन् ।

यस्तै आजै सम्पन्न दोस्रो खेलमा टस जितेर सर्लाहीले २० ओभरमा ७ विकेट गुमाई ८० रन बनाए । जसमा आरती सिंह ३६ रन बाहेक कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेन ।

बलिङतर्फ बाराका साना प्रवीण ले ४ ओभरमा एक मेडन राख्दै ११ रन खर्चेर तीन विकेट तथा प्रियका गुप्ता, प्रतिमा साह, वन्दना गुप्ताले १/१ विकेट हात पारिन् ।

प्रतिउत्तरमा बाराले ८ ओभरमा एक बल खेल्दै कुनै पनि खेलाडी नगुमाई विजय हात पारेको छ ।

टिमलाई जिताउन साना प्रवीणले ३१ बलमा ६ चौका प्रहार गर्दै ४२ रन जोडे भने अर्का खेलाडी अलिसा यादवले २४ रन नकआउट पारी खेलेपछि बारा १० विकेटले जित हात पारेको हो ।

यसैगरी भोलि तेस्रो दिन सर्लाही र सप्तरी तथा सिराहा र बारा बिच खेल हुने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवले जानकारी दिएका छन् ।- न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया