कार्तिक ११, २०८३ बुधबार October 28, 2026

लोकगायक विष्णु खत्रीको ‘हतार भइसक्यो’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विवाहको याम छोपेर लोकगायक विष्णु खत्रीले मौलिक पञ्चेबाजा गीत ‘मलाई हतार भइसक्यो’ बजारमा ल्याउनुभएको छ ।

खत्रीको आफ्नै युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक भएको उक्त गीतको भिडियोले २० हजारभन्दा बढी भ्यूज बटुलिसकेको छ ।

गीतमा गायक खत्रीका साथै रेनु रानामगरको स्वर छ । गीतको रचना र सङ्गीत पनि खत्रीकै रहेको छ । म्युजिक भिडियोमा कलाकार लोमस शर्मा, मेलिना थापालगायतको अभिनय देख्न पाइन्छ ।

भिडियोको निर्देशन दिलीप रेग्मीले गर्नुभएको छ । मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्न पञ्चेबाजा गीत ल्याएको गायक खत्रीले बताउनुभयो ।

गीतमा बागलुङको गलकोट, बडिगाडसहित छिमेकी मुसीकोट नगरपालिकाका सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको वर्णन छ । गीतको सवालजवाफमा स्थान विशेषलाई प्रतिकात्मकरूपमा उठान गरिएको छ ।

माया, प्रेमको गीत भए पनि त्यसमा प्रयुक्त शब्द र भिडियोका दृश्यले पर्यटकीय ठाउँको प्रचार र प्रवद्र्धन हुने विश्वास लिइएको छ ।

दुई दशकदेखि नेपाली लोकसङ्गीतमा सक्रिय गायक खत्रीका यसअघि ‘जाउँला ढोरपाटन’लगायत दर्जनौँ पञ्चेबाजामा आधारित गीत सार्वजनिक भइसकेका छन् ।

नेपाली जनजीवनका सुख, दुःख र भोगाइलाई गीतमार्फत सजीव ढङ्गले उर्तान सफल गायक-सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’लगायतका गीत धेरै रुचाइएका छन् ।

गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका गायक खत्री यसै साता राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल गण्डकी प्रदेशले प्रदान गर्ने नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कार, २०७८ बाट पुरस्कृत हुनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार