काठमाडौं: सिक्किममा आयोजना हुने ग्लोबल फिल्म फेस्टिभललाई स्थगित भएको छ। कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलन थालेसँगै सिक्किम सरकारले फेस्टिभललाई स्थगित गरेको हो ।
सिक्किम राज्यको संचार विभागले सूचना जारी गर्दै कोरोनाको नयाँ भेरिएन्टको कारण फेस्टिभल स्थगित गरिएको जानकारी दिएको छ। सुचनामा मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले फेस्टिभललाई तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ ।
फेस्टिभल डिसेम्बर १० देखि १४ सम्म आयोजना हुन लागेको थियो। फेस्टिभलमा भाग लिन दुईदर्जन नेपाली फिल्ममेकर र भुटानी निर्मातालाई निम्तो दिइएको थियो। मुम्बई र नेपाली चलचित्रकर्मीको फेष्टिभलमा सहभागी रहने तय भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया