असार २६, २०८२ बिहिबार July 10, 2025

मनाङ लिगको शीर्ष स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मनाङ मस्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै सहिद स्मारक लिग ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मनाङले फ्रेन्डस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । यस खेलसँगै चार खेल खेलेको मनाङले १० अङ्क जोडेको छ । पराजित फ्रेन्ड्स भने समान ४ खेलबाट २ अङ्क जोडेर लिगको १२ औँ स्थानमा झरेको छ ।

मनाङको जीतमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले एक÷एक गोल गरे । अफिजले खेलको पहिलो हाफमा गोल गरे भने दिनेशले खेलको दोस्रो हाफमा गोल गरे ।

खेलको ४१औँ मिनेटमा आफिजले गोल गर्दै मनाङलाई पहिलो अग्रता दिलाए । उनले कप्तान अञ्जन विष्टले दिएको क्रस बललाई हेडरमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ७३ औँ मिनेटमा दिनेशले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । पुजन उपरकोटीको फ्रिकिकलाई उनले हेडरमार्फत सदुपयोग गर्दै गोल गरे ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार