असार २६, २०८२ बिहिबार July 10, 2025

बदलासहित सुखद् सुरुवातको दाउमा नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फाइनल खेलमा बंगलादेशसँग १-० अन्तरले पराजित भएपछि नेपाली राष्ट्रिय यु-१८ फुटबल टोलीले महिला उमेर समूहको साफ च्याम्पियनसिप उपाधिबाट बञ्चित हुनु परेको थियो ।

सेमिफाइनलमा चिरपरिचित भारतलाई निर्धारित समय १-१ अन्तरमा रोक्दै र पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनल पुगेको नेपाल उपविजेतामै सीमित भयो ।

यसपछिको संस्करण हुन सकेन । कोरोना महामारीबीच प्रतियोगिता हुन नसकेपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोही उमेर समूहलाई उपयुक्त हुने गरी यसपटक यु–१९ साफ प्रतियोगिता आयोजना गरेको छ ।

बंगलोदशको ढाकामा आज (शनिबार) बाट सुरू हुने प्रतियोगितामा नेपालले उही फाइनल प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्दै छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भुटान र श्रीलंका भिड्दा नेपालले दोस्रो खेलमा आयोजकको सामना गर्नेछ । बीएसएसएस मुस्ताफा कमल मैदानमा हुने खेल नेपाली समयअनुसार शनिबार साँझ पौने ७ बजे सुरु हुनेछ ।

साविक विजेता बंगलोदशविरुद्ध खेल्दै गर्दा नेपाल बदलाको भावनामा हुनेछ । गत वर्ष फाइनलमा व्यहोरेको हारको बदलासहित नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।

हाल राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका ६ खेलाडीको साथ पाएको नेपाल उच्च मनोबलका साथ प्रतियोगितामा होमिएको छ । ६ खेलाडीबाहेक अधिकांश खेलाडी गत वर्ष फाइनल खेलेका खेलाडी टोलीमा छन् ।

गत महिना भएको उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताबाट स्तरीय खेलाडी पाएको नेपाल प्रतियोगिता हात पार्ने दाउमा छ ।

‘खेलाडीहरूको मनोबल उच्च छ । हामी बंगलोदश र भारतलाई हराउँदै उपाधि जित पार्ने लक्ष्य राखेका छौं’, नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले भने ।

नेपाली टोली गोलरक्षक अन्जना राना मगरको कप्तानीमा मैदान उत्रनेछ । अन्जनासँगै फरवार्ड रश्मीकुमारी घिसिङ, रजनी थोकर, प्रिती राई, सविता रानामगर र विमला विकले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन् ।

यस्तै डिफेण्डर रोजिना श्रेष्ठ, फरवार्ड अमिशा कार्की, सुस्मा तामाङ जस्ता खेलाडीले गत वर्ष पनि प्रतियाेगिता खेलेका थिए ।

सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, भारत र श्रीलंका गरि ५ टोलीको सहभागिता छ ।  प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ । -न्यूज कारखाना

यु–१९ नेपाली टिम

गोलरक्षक – अन्जना राना मगर (कप्तान), अन्किता राई, सावित्री किसन

डिफेण्डर – मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ

मिडफिल्डर –सुस्मा तामाङ, हिमा रावत, दीपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रिती राई,

फरवार्ड –अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार