असार २६, २०८२ बिहिबार July 10, 2025

शीर्ष टोली सिटी, लिभरपुल र चेल्सी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका फरक खेलमा शीर्ष टोली म्यानचेष्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् ।

घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीले १० खेलाडीमा सीमित उल्भ्सलाई १-० अन्तरले पराजित गरेकाे हाे । सिटीका लागि खेलको ६६औँ मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीमार्फत् विजयी गोल गरे ।

बाँकी समय दुबै टोलीले गोलकाे प्रयास गरेपनि सफल भएनन् । जितसँगै सिटी शीर्ष स्थानमा यथावत रह्यो । खेलको पहिलो हाफमा उल्भ्सका हाउल जिमिनेजले दोहोरो पहेँलो कार्ड ब्यहोर्दा उल्भ्स १० खेलाडीमा सीमित भएको थियो ।

शनिबार राति नै भएकाे अर्काे खेलमा स्टार खेलाडी मोहम्मद सलाहको निर्णायक गोलमा लिभरपुलले एस्टन भिल्लालाई १-० अन्तरले पराजित गरेकाे छ ।घरेलु मैदान एनफिल्डरमा लिभरपुलललाई जिताउँन सलाहले ६७औँ मिनेटमा पेनाल्टीको साहारा लिएका थिए । बाँकी समय गोल नहुँदा स्टेभन जेरार्ड पूर्व क्लब लिभरपुलविरुद्ध जित निकाल्न असफल भए ।

अर्काे रोमाञ्चक खेलमा चेल्सीले लिड्स युनाईटेडविरुद्ध कठिन जित पायो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले इन्जुरी समयमा जजिन्होले गरेको गोलसँगै ३-२ अन्तरको जित पायो ।

चेल्सीको जितमा जर्जिन्हो नायक रहे । उनले २ गोल गरे ।  खेलको २८ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै लिड्सका राफिन्हाले अग्रता बनाए । ४३ मिनेटमा चेल्सीका मासन माउण्टले गोल गर्दा पहिलो हाफ १–१ अन्तरको बराबरीमा समाप्त भयो ।

५८औँ मिनेटमा जर्जिन्होले गोल गर्दा चेल्सीले २-१ को अग्रता बनायो । ८३औँ मिनेटमा लिड्सका जो गल्हार्डटले गोल गर्दा खेल २-२ अवस्थामा रह्यो । जर्जिन्होले खेलको इन्जरी समयमा गोल गर्दा चेल्सीले तीन अंक जोडयो ।

जितसँगै १६ खेलबाट ३८ अंक बनाएको सिटी शीर्ष स्थानमा छ । ३७ अंकको लिभरपुल दोस्रो स्थानमा रहँदा ३६ अंकको चेल्सी तेस्रो स्थानमा यथावत छ ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार