असार २६, २०८२ बिहिबार July 10, 2025

सेभिया र भ्यालेन्सियाको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेनिस ला लिगामा शनिबार राति भएको फरक खेलमा सेभिया र भ्यालेन्सियाले जित निकालेका छन् ।

घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाले इल्चेलाई २-१ अन्तरले पराजित गरेकाे छ । भ्यालेन्सियाको छैटौँ जितमा गोनकालो गुयडेस र क्रिष्टियानो पिचिनीले १/१ गोल गरे । इल्चेका लुकास बोयले सान्त्वना गोल गरे ।

खेलको २३ मिनेटमा गोनकालोले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए । इल्चेका लुकासले खेलको ७५औँ मिनेटमा बराबरी गोल गरेपनि ८६ मिनेटमा क्रिष्टियानोले विजयी गोल गरे ।

जितसँगै भ्यालेन्सिया १७ खेलबाट २५ अंक बनाउँदै सातौँ स्थानमा छ । १५ अंक बनाएको इल्चे १६ औँ स्थानमा छ ।

अर्काे खेलमा सेभियाले एथ्लेटिको क्लबलाई १-० अन्तरले पराजित गरेकाे छ । भ्रमणकारी टोली सेभियाको जितमा खेलको ३८औँ मिनेटमा थोमस डेलान्सीले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै सेभिया १६ खेलबाट ३४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । पराजित एथ्लेटिको २१ अंकसहित १०औँ स्थानमा छ ।

ला लिगामा १६ खेलबाट ३९ अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया