मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

च्याम्पियन्स लिगको अन्तिम १६ सार्वजनिक, रियल मड्रिड र पीएसजी भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौः स्पेनिस ला लिगा महारथी रियल मड्रिड र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) तथा इटालियन सिरी ए क्लब इन्टर मिलान र इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा आमने-सामने हुने भएका छन् ।

युइएफले सोमबार च्याम्पियन्स लिग अन्तिम १६ को तालिका सार्वजनिक गरेको हो । यसअघिको तालिका  गल्ती भएको भन्दै युइएफएले पुनः तालिका सार्वजनिक गरेको हो । यसअघिको तालिकामा पिएसजीले म्यानचेस्टर युनाइटेडलाई प्रतिद्वन्द्विको रुपमा पाएको थियो ।

त्यस्तै रियालले बेन्फिका ,म्यानचेस्टर सिटीले भिल्लारियाल, बायर्न म्युनिखले एट्लेटिको मड्रिड, लिभरपुलले साल्जबर्ग, इन्टर मिलानले आयाक्स, युभेन्टसले स्पोर्टिङ लिस्बन र साबिक विजेता चेल्सीले लिलसँग खेल्ने तालिका थियो ।

नयाँ तालिका अनुसार सिटीले लिस्बन, बायर्नले साल्जबर्ग,युनाइटेडले एट्लेटिको, युभेन्टसले भियारियाल र आयाक्सले बेन्फिकाको सामना गर्नेछ । साबिक विजेता चेल्सी र लिलको तालिका भने यथावत् रहेको छ ।

अन्तिम १६ को पहिलो लेग फेब्रुअरी १५ र १६ तथा  २२ र २३ मा हुनेछ । दोस्रो लेगका खेलहरू मार्च ८ र ९ तथा १५ र १६ मा हुनेछ ।

क्वाटरफाइनल र सेमिफाइनलका तालिका मार्च १८ मा सार्वजनिक गरिने युइएफएले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार