असार २६, २०८२ बिहिबार July 10, 2025

वेस्ट इन्डिजमाथि पाकिस्तानको ‘क्लिन स्विप’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वेस्टइन्डिजलाई तेश्रो खेलमा ७ विकेटले पराजित गर्दै पाकिस्तानले तीन टी-२० खेलको शृंखला ३-० ले ‘क्लिन स्विप’ गरेको छ । कराँचीमा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको २०८ रनको विशाल लक्ष्य पाकिस्तानले ७ बल बाँकी रहँदै भेटायो ।

पाकिस्तान ओपनर मोहम्मद रिजवान र बाबर आजमले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गरे । आजमले ७९ रन बनाउँदा रिजवानले ८६ रन बनाए ।

वेस्टइन्डिजका बलर रोमारियो शेफर्ड, डोमिनिक ड्रेक्स र ओडेन स्मिथले समान १-१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । उसको कप्तान निकोलस पुरनले सर्वाधिक ६४ रन बनाए  । यस्तै शामराह ब्रुक्सले ४९ रन, ब्राण्डन किंगले ४३ तथा डेरेन ब्राभोले अविजित ३४ रनको योगदान गरे ।

पाकिस्तानका बलर मोहम्मद वासिमले २ तथा शाहनवाज दहानीले १ विकेट लिए । सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल पाकिस्तानले ६३ रन र ९ रनले जितेको थियो । – न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार