असार २६, २०८२ बिहिबार July 10, 2025

पुलिसलाई हराउँदै मनाङ लिगको शीर्ष स्थानमा, अन्जनले गरे दुई गाेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङदी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले शनिबार पोखरा रंगशालामा पुलिसलाई ३-१ गोल अन्तरले पाखा लगाएकाे हाे । मनाङको जीतमा अन्जन विष्टले दुई गोल गर्दा निशान लिम्बुले एक गाेल थपे ।

पुलिसका सुमन लामाले पेनाल्टी सुट आउटमा सान्त्वना गोल फर्काए । जितेसँगै मनाङले १३ अंक बटुलेकाे छ । मनाङले पोखरालाई होम ग्राउण्डको रुपमा छनोट गरेसँगै एन्फाले पहिलो पटक पोखरामा लिग सञ्चालन गरेको हो ।

जारी लिगका थप दुई खेल पोखरामा हुनेछन् । गण्डकी प्रदेश सरकारले मनाङ मर्स्याङ्दी क्लबलाई १० लाख सहयोग गर्ने घोषणा गरेको छ । गण्डकीका खेलकुदमन्त्री राजीव गुरुङ मनाङ मर्स्याङ्दीका सल्लाहकार हुन् ।

पोखराको खेल हेर्न १ सय र ३ सयको टिकट व्यवस्था गरिएको छ । यहाँबाट हुने आम्दानी सबै मनाङको हुनेछ भने व्यवस्थापन पनि मनाङले नै गर्नेछ । योसँगै एएफसी कप छनोटमा मनाङको सम्भावना पनि बलियो भएको छ । एन्फा उपाध्यक्ष कृष्ण थापाले ए डिभिजन लिगका सबै खेल पोखराले खेलाउन सक्ने बताए ।

‘अहिले पहिलो अभ्यास भएको छ । अब आगामी लिगका सबै खेल पोखरामा खेलाउन सकिन्छ,’ उनले भने, ‘हामीसँग पर्याप्त संरचना छ । व्यवस्थापन राम्रो छ ।’

यो जीतसँगै मनाङको एएफसी कप छनोट खेल्ने सम्भवना पनि बलियो बनेको छ । सातवटा खेल खेलिसक्दा शीर्ष स्थानमा रहेको क्लवले एएफसी छनोट खेल्न पाउने छ । -नयूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया