असार २६, २०८२ बिहिबार July 10, 2025

सहिद स्मारक ए डिभिजन लिग: शेर्पालाई बीबीसीको चुनौती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सहिद स्मारक ए डिभिजन लिगमा आईतबार एउटा मात्रै खेल हुँदैछ । पाँचौ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वार्ईज क्लब (बीबीसी) को सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना गर्न लागेको हो ।

शीर्ष डिभिजनको लिगमा  शेर्पा पहिलो जितको खोजीमा छ । २ जित निकालेकाे र २ बराबर गरेको शेर्पा अन्तिमबाट दोस्रो स्थानमा छ । यता, ब्रिगेड भने दोस्रो जित निकाल्ने दाउमा छ । एक जित, एक हार र दुई बराबरसहित ५ अंक बनाएर आठौं स्थानमा छ ।

जारी लिगमा शेर्पाले सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । यता, युवा खेलाडीको साथमा भने बीबीसीले  सामान्य प्रदर्शन गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया