काठमाडौंः प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्बजनिक भएको छ । लक्षमण पोखरेलको शब्द र संगीत रहेको ‘आँशु दिएर’ बोलको गीत सार्वजनिक भएको हो ।
हाइ नोट नामक युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ । देवेन्द्र कुँवरले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायांकन देव पुनले गरेका हुन् ।
म्युजिक भिडियोमा रुपेशराज खड्का, प्रेम लामा र अस्मिता राउतलाई फिचरिङ गरिएको छ । मनोज चौंलागाईंले एरेन्ज गरेको गीत एक्वेस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
गीतको रेकर्डिस्ट राजबाबु थारु हुन् भने मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका छन् । सार्बजनिक गीतको भिडियोमा नरोत्तम पाण्डे र श्याम कार्कीकोे सम्पादन र रंग संयोजन रहेको छ । -न्यूज अभियान
भिडियोमा हेर्नुहोसः
https://youtu.be/Ue4tD91uMyg
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया