श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

विरोधपछि नयाँ शब्दमा सनी लियोनीको ‘मधुवन’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारत मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राको चेतावनीपछि म्युजिक कम्पनी सारेगामाले अभिनेत्री सनी लियोनीले अभिनय गरेको म्युजिक भिडियो ‘मधुवन’ मा परिवर्तन गर्ने घोषणा गरेको छ ।

भिडियोमा आएको प्रतिक्रिया र देशका नागरिकको सम्मान गर्दै मधुवन गीतको नाम र शब्द परिवर्तन गर्ने सारेगामाले प्रतिबद्धता जनाएको छ । उसले तीन दिनभित्र सबै प्लेटफर्ममा रहेको पुरानो गीत हटाएर नयाँ गीत राख्ने बताएको छ ।

हालै गृहमन्त्री मिश्राले अभिनेत्री सनी र गीतका गायकलाई चेतावनी दिँदै भिडियोका लागि माफी माग्न र तीन दिन भित्र भिडियो नहटाए कारवाही भोग्न तयार रहन भनेका थिए । यसअघि मिश्राको चेतावनीपछि डिजाइनर सब्यसाची मुखर्जीले आफ्नो मंगलसूत्रको विज्ञापन फिर्ता लिएका थिए ।

यो गीतमा सन् १९६० को फिल्म ‘कोहिनूर’मा मोहम्मद रफीले गाएको गीतको केही शब्द पनि थियो । यो गीतमा मथुराका पुजारीहरूले पनि आपत्ति जनाएका थिए ।

अखिल भारतीय तीर्थ पुरोहित महासभाका राष्ट्रिय अध्यक्ष महेश पाठकले सनीको गीतका कारण बृजभूमिको प्रतिष्ठालाई अपमानजनक ढंगले धमिलो बनाएको आरोप लगाएका थिए । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया