कार्तिक ११, २०८३ बुधबार October 28, 2026

आत्महत्या गर्न चाहन्थे यी बलिउडकर्मी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा अभिनय गरिसकेका कमेडियन तीर्थानन्दले हालैमात्र आत्महत्या गर्नका लागि विष सेवन गरेका थिए । छिमेकीको सहयोगले तीर्थानन्दलाई अस्पताल लगियो, जहाँ उनको उपचारपछि ज्यान बच्यो ।

१५ वर्षदेखि बलिउडको हिस्सा रहँदै आएका यी कमेडियन कोभिडका कारण आर्थिक संकटमा परेपछि आत्महत्याको बाटोतर्फ जान लागेका थिए । बलिउडमा तीर्थानन्द भन्दाअघि कयौं ठूला स्टारहरूमध्ये केहीले आफ्नो परिस्थितिबाट हार मान्दै र केहीले भने बिरामीका कारण आत्महत्याको सोच बनाइसकेका छन् ।

अभिनेता अध्ययन सुमन एक समय डिप्रेसनको शिकार भएका थिए । लबी कल्चरको शिकार भएपछि उनलाई फिल्मबाट हटाउन थालिएको थियो । यही समयमा उनी अभिनेत्री कंगना रनावतबाट पनि अलग्गिएका थिए ।

कंगनासँग पुरानो सम्बन्धलाई सुचारु गर्न उनलाई निकै समस्या भएको थियो । उनका पिता शेखर सुमनले एक अन्तर्वार्तामा छोराले आफूलाई पटकपटक आत्महत्या गर्न मन लागेको कुरा बताउने गरेको खुलासा गरेका थिए ।

अभिनेता मनोज बाजपेयी नेसनल स्कूल अफ ड्रामामा भर्ना हुने सपना देख्दथे । तर, स्कूलले अस्वीकार गरेपछि उनले आत्महत्याको सोच बनाएका थिए । मनोजले आत्महत्या गर्लान् भन्ने डरले उनका सबै साथी मनोजसँग बस्न थाले, ताकि मनोजले आत्महत्या गर्न नसकून् ।

टेलिभिजन अभिनेत्री शमा सिकन्दरले पनि आत्महत्याको प्रयास गरिसकेकी छन् । डिप्रेसनका कारण उनले एक रात कयौं निन्द्राको औषधि खाएकी थिइन् । औषधि खाएपछि उनले आमालाई बिहान नउठाउनु भन्दै भाइलाई आफ्ना सबै बैंक एकाउण्टको जानकारी पठाएकी थिइन् ।

आधा रातमा शंका लागेर भाइले आमालाई बोलाएका थिए । त्यसपछि कोठामा पुग्दा शमा बेहोस् अवस्थामा थिइन् । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो । जसकारण शमाको ज्यान बच्यो ।

अभिनेता तथा कमेडियन जोनी लिभरको बाल्यकाल संकटमै बित्यो । उनको पिता मदिराप्रेमी थिए, जसकारण जोनी सडकमा डटपेन बेचेर पैसा कमाउँथे । यही समस्याले गर्दा एकदिन जोनीले आत्महत्या गर्ने मन बनाएका थिए । तर, परिवारलाई सम्झिएर आफ्नो मनलाई परिवर्तन गरे ।

अभिनेता सलमान खान वर्षौदेखि ट्रायजेमिनल न्यूरालजिया नामको रोगबाट पीडित छन् । यो बिरामीलाई सुसाइड डिसिज पनि भनिन्छ । यो बिरामीबाट पीडित व्यक्तिको नशामा असहनीय दुखाइ हुन्छ । एक अन्तर्वार्तामा सलमानले यही रोगका कारण आफ्नो दिमागमा कयौं पटक आत्महत्याको सोचाई आएको खुलासा गरेका थिए ।

टेलिभिजन अभिनेत्री जस्मिन भसीनले करियरको सुरुवातमा कयौं अस्वीकारको पीडा झेल्नुप¥यो । उनको अनुहारको रंग नराम्रो भएकै कारण धेरै ठाउँ उनले बेइज्जतको सामना गर्नु परेको थियो । एक समय उनले आत्महत्याको पनि प्रयास गरेकी थिइन् ।न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार