कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘पुष्पा’ हिट भएपछि अभिनेत्री रश्मिकाले बढाइन् पारिश्रमिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म साबित भइसकेको छ । फिल्मले बक्स अफिसमा पैसा संकलनको काम जारी राखेको छ । पेन इन्डियाको फिल्मलाई भारतभर रुचाइएको छ ।

दर्शकहरू अल्लूको अभिनयबाट जति फिदा भएका छन्, अभिनेत्री रश्मिकाको प्रस्तुतिबाट उत्तिकै मोहित छन् । सुकुमार निर्देशित फिल्मको दोस्रो संस्करणका निर्माणका लागि निर्माताहरू जुटिसकेका छन् । निर्माताहरूले फिल्मको सिक्वेलको रूपमा ‘पुष्पाः द रुल’ बनाउँदैछन् ।

समाचारअनुसार फिल्मको सिक्वेलका लागि रश्मिकाले आफ्नो पारिश्रमिक बढाएकी छन् । उनले ‘पुष्पाः द राइज’मा दुई करोड पारिश्रमिक लिएकी थिइन् । अब उनी यो पारिश्रमिकमा एक करोड बढाएर तीन करोड लिँदैछिन् । निर्माताहरू पनि उनको निर्णयमा सहमत छन् । रश्मिकाको फिल्मी करियर यो पारिश्रमिक अहिलेसम्मकै सर्वाधिक बढी हो ।

सिक्वेलको आगामी फेब्रुअरीमा सुटिङ सुरु हुँदैछ । फिल्म सन् २०२२ को अन्त्यसम्ममा रिलिज हुनेछ । कामको कुरा गर्दा रश्मिका चाँडै नै बलिउडमा डेब्यु गर्दैछिन् । उनी सिद्धार्थ मल्होत्राका साथ फिल्म ‘मिसन मजनू’मा देखिँदैछिन् । यसबाहेक उनी बलिउड फिल्म ‘गुडबाय’को हिस्सा पनि हुँदैछिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार