कार्तिक ११, २०८३ बुधबार October 28, 2026

अङ्कितबाबु अधिकारीको ‘कफी क्रस’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ: गायक तथा सङ्गीतकार अङ्कितबाबु अधिकारीको साङ्गीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र सङ्गीत समावेश छ। गीतलाई भारतको पश्चिम बङ््गालका उत्कृष्ट सङ्गीतकार सुमित विश्वकर्माले संयोजन गरेका हुन् ।

कुनै क्याफेमा कफी पिउँदै गर्दा अर्को टेबलमा बसेको कसैले तपाईंको ध्यान खिचेको छ ? कफी जत्तिकै सुन्दर, मीठो अनि माया–लाग्दो ! साँच्चिकै यस्तो अनुभव गरेका छन् भने यो भिडियो पूरा हेर्नुपर्ने अधिकारीको भनाइ छ। भिडियोमा एक युवकलाई कफी पिउँदै गर्दा अर्को टेबलमा बसेकी सुन्दरीले आकर्षित गरेको विषय देखाइएको छ। तिनै युवतीको क्रियाकलाप र हाउभाउ देखेर युवक दङ्ग पर्छन् ।

उनीहरुबीचको आँखा जुधाई, हेराहेर र अन्य भाव–संवादलाई क्याफेको एक वेटरले नजिकैबाट नियालिरहेको हुन्छ। वेटर गीतमा कहिले हास्ने त कहिले आँखा तर्ने गर्दा गीत अझै रोमाञ्चक बनेको छ। भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय छ। क्याफेको वेटरको भूमिका अङ्कितबाबु आफँैले पूरा गरेका छन् ।

“यो गीत एक प्रयोग हो, मैले गर्दै आएका अन्य गीतभन्दा यो भिन्न छ, यसमा प्रयोग भएका शब्द तथा सङ्गीतले युवा वर्गका कथा भने जस्तो लाग्छ”,उनले भने। अङ्कितबाबुका चर्चित गीतमा ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’लगायत छन् ।

‘ए–सिरिज’ नामक च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन नवीन भट्टले तथा छायाङ्कन अनिश स्याङ्देनले गरेका हुन्। नवीनले यसअघि ‘मुना’, ‘वसन्त शिशिर’लगायतका जोड्दार भिडियो बनाएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार