कार्तिक ११, २०८३ बुधबार October 28, 2026

बेरोजगार भए ‘सीआइडी’का शिवाजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः टेलिभिजन तथा फिल्म उद्योगमा केही यस्ता कलाकार छन्, जसले निभाएको एउटै भूमिकाले उनीहरुको करियरभरि लोकप्रियता पाइरहन्छन् । बलिउडका दिग्गज अभिनेता शिवाजी साटम अहिले यसकै उदाहरण बनेका छन् ।

उनले आफ्नो करियरको दौरान कैयौं सुपरहिट फिल्म दिए, तर उनले लोकप्रियता भने सोनी टीभीको ‘सीआइडी’बाट पाए । यो शो करिब २० वर्षसम्म चल्यो र यसका सबै चरित्र दर्शकमाझ प्रिय भए । ‘सीआइडी’मा एसपी प्रद्युम्नको भूमिकामा अभिनय गर्ने शिवाजी यतिबेला भने बेरोजगार छन् । उनी कामको खोजी गरिरहेका छन् ।

‘म यो भन्न सक्दिनँ कि मलाई धेरै अफर आइरहेको छ । छैन त छैन । एक–दुईवटा अफर छन्, तर त्यसमा रुचि छैन । म मराठी थिएटरबाट हुँ । मैले जहिल्यै पनि तिनै प्रोजेक्टमा काम गरें, जुन मलाई मनपथ्र्यो । मेरो दुर्भाग्य यो हो कि पहिलाको जस्तो शक्तिशाली चरित्र अहिले लेख्न छोडियो । यो दुवैका लागि नोक्सानको कुरा हो । एक अभिनेता भएको नाताले म राम्रो कामलाई मिस गरिरहेको छु । दर्शक राम्रो कलाकारलाई मीस गरिरहेका छन्’, शिवाजी भन्छन् ।

शिवाजीका अनुसार उनलाई अहिले प्रहरी अधिकारीको भूमिकामा अफर आइरहेको छ । जुन भूमिका उनले २० वर्षयता गरिरहेका छन् । यो भूमिका अब उनी गर्न चाहँदैनन् । ‘म किन गर्छु, एउटै भूमिका म पटक–पटक गर्न सक्दिनँ । तर एसीपी प्रद्युम्नको भूमिका मेरो हृदय नजिक छ । फेरी सीआइडी सुरु भयो भने त्यो भूमिका फेरि गर्नुपर्छ । म अहिले भूमिकालाई भन्दा पनि काम नपाएर तनावमा छु’, उनले भनेका छन् ।

शिवाजीले सन् १९८८ मा नसिरुद्दिन शाह र अनुपम खेरको फिल्म ‘पेस्टोनजी’बाट करियर सुरुवात गरेका थिए । उनले ‘यशवन्त’, ‘गुलाम–ए–मुस्तफा’, ‘युगपुरुष’, ‘हु तु तु’, ‘चाइना गेट’, ‘नायक’लगायतका फिल्ममा अभिनय गरेका छन् । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार