श्रावण १६, २०८३ शनिबार August 1, 2026

अभिनेत्री प्रियंका चोपडा सरोगेसीबाट आमा बनिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् ।

‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,’ उनले लेखेकी छन् ।

सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुन्, जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रीति जिन्टा पनि सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् ।

प्रियंका र निक जोनासको जोडी बलिउडमा लोकप्रिय जोडीका रुपमा चिनिन्छन् । दुवैले सन् २०१८ डिसेम्बर २ मा उदयपुरको उम्मेद भवनमा हिन्दु र क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार