वैशाख २९, २०८१ शनिबार May 11, 2024

गायक विरेन रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो विद्युतीय माध्यमबाट सार्वजनिक भएको छ । गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ ।

गीतको रचना दिलीप घिमिरेले गर्नुभएको हो । गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गर्नुभएको छ । म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय छ ।

उत्सव दाहालले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । प्रकाश धितालको निर्देशनमा बनेको भिडिया ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । रासस

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया