बैसाख २४, २०८३ बिहिबार May 7, 2026

राजपा संयोजकको जिम्मेवारीमा महेन्द्र राय यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा महेन्द्र राय यादव चयन भएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक राजेन्द्र महतोको अध्यक्षतामा शुक्रबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले संयोजकमा महेन्द्र राय यादवलाई चयन गर्ने निर्णय गरेको हो ।

राजपा अध्यक्ष मण्डलको संयोजक महन्त ठाकुरपछि गत मंसिर ५ गतेबाट राजेन्द्र महतो संयोजकको जिम्मेवारीमा रहेका थिए । महतोको संयोजक पदको दुई महिने कार्यकाल समाप्त भएकोले यादवलाइ संयोजक तोकिको बैठकपछी जारी विज्ञप्तीमा जनाईएको छ।

गत मंसिर ४ गते बसेको राजपा नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठकबाट राजेन्द्र महतोलाई संयोजकको जिम्मेवारी दिईएको थियो ।

अध्यक्ष मण्डलको बैठकले आगामी फाल्गुण १४ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र महाधिवेशन सम्पन्न गर्ने प्रयोजनको लागी राष्ट्रिय विद्यार्थी संघको ६ बटा

अध्यक्षहरुलाई संयोजन गर्नका लागी कृष्ण कुमार सिंह (कृष्णा) लाई सयोजक तोक्ने समेत निर्णय गरिएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया