बैसाख २३, २०८३ बुधबार May 6, 2026

अर्थतन्त्रको उन्नयनका निम्ति काम गर्ने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजदेखि महासङ्घको अध्यक्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ वैशाखः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महासङ्घ अध्यक्षको कार्यभार सम्हाल्नुअघि सङ्क्षिप्त कुरा गर्दै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उद्यमी व्यवसायीका साथै लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो । निजी क्षेत्र र सरकारबीचको साझेदारी अपरिहार्य छ भन्दै उहाँले राष्ट्रको समृद्धि आपसी साझेदारीबाटै सम्भव हुने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजदेखि महासङ्घको अध्यक्ष हुनुहुभएको हो । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार उहाँले कार्यभार सम्हाल्नुभएको हो ।

अध्यक्ष श्रेष्ठ साढे दुई दशकदेखि महासङ्घमा आबद्ध हुनुहुन्छ । उहाँ व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुनुहुन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
२०८३ बैसाख २३, बुधबार
अर्थतन्त्रको उन्नयनका निम्ति काम गर्ने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता
२०८३ बैसाख २३, बुधबार
ट्राफिक कारबाहीबाट छ लाख ४१ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २३, बुधबार
पूर्वविशिष्टका अतिरिक्त सुविधा छानबिनमा : बालेन्द्र शाह सरकारद्वारा कडाइ सुरु
२०८३ बैसाख २३, बुधबार
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
२०८३ बैसाख २३, बुधबार
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
२०८३ बैसाख २३, बुधबार
कर्णाली प्रदेश समन्वय परिषद्को बैठक : आगामी आवको नीति तथा कार्यक्रममा छलफल
२०८३ बैसाख २३, बुधबार