बैसाख २३, २०८३ बुधबार May 6, 2026

कांग्रेस गण्डकी प्रमुख सचेतकमा बराल

बराल प्रमुख सचेतक बनेसँगै सचेतक पद रिक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, वैशाख २२ गते । नेपाली कांग्रेस संसदीय दलले गण्डकी प्रदेश सभामा प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य प्रकाश बराललाई दिएको छ ।

संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार बराललाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको हो ।

यसअघि प्रमुख सचेतक रहनुभएका प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपाने वैशाख २ गते ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि बराललाई जिम्मेवारी दिइएको छ । बराल यसअघि सचेतक हुनुहुन्थ्यो । गण्डकी प्रदेशसभामा दलका प्रमुख सचेतकलाई निवास र गाडी सुविधा प्राप्त हुन्छ ।

उहाँ कास्कीबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । बराल प्रमुख सचेतक बनेसँगै सचेतक पद रिक्त भएको छ । यता, सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) का प्रमुख सचेतक गोविन्दबहादुर नेपाली पनि भौतिक पूर्वाधारमन्त्री नियुक्त भएपछि एमालेमा पनि प्रमुख सचेतक रिक्त छ । एमाले संसदीय दलको सचेतकमा प्रदेशसभा सदस्य देवका पहारी हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसद्वारा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नयाँ सदस्य मनोनयन (सूचीसहित)
२०८३ बैसाख २३, बुधबार
आजको मौसमः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना
२०८३ बैसाख २३, बुधबार
बलवा नगरपालिकामा वैशाख २८, २९ र ३० गते खोप सेवा सञ्चालन गरिँदै
२०८३ बैसाख २३, बुधबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख २३, बुधबार
अनधिकृत लिङ्क नखोल्न आग्रह
२०८३ बैसाख २३, बुधबार
आज बुधबार, यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
२०८३ बैसाख २३, बुधबार
मेघगर्जन–चट्याङ्गसहित देशभर वर्षाको सम्भावना
२०८३ बैसाख २३, बुधबार