बैसाख २३, २०८३ बुधबार May 6, 2026

कांग्रेस संसदीय दलको बैठक बस्दै

आगामी संसदीय भूमिकाबारे साझा धारणा तय गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा सरकारले ल्याएको अध्यादेश र सुकुमबासी बस्तीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा छलफल हुने बताइएको छ ।

बैठकले संसद्मा कसरी प्रस्तुत हुने, विरोध वा संशोधनको रणनीति के बनाउने र आगामी संसदीय भूमिकाबारे साझा धारणा तय गर्नेछ, जसले कांग्रेसको संसदीय गतिविधि र सरकारप्रतिको रुख स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया