श्रावण १६, २०८३ शनिबार August 1, 2026

पाल्मु शेर्पाको ‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाल्मु शेर्पाको डेब्यु म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ । गीतमा उहाँलाई गायक प्रदीप लामाले स्वरमा साथ दिनुभएको छ ।

शेर्पाको नादिङ भाकाको गीतमा जीवन बोम्जनको शब्द रहेको छ । गीतमा अमृत लामाको सङ्गीत रहेको छ । जोगलाल लामाले यस गीतलाई सङ्गीत संयोजन गर्नुभएको हो ।

सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा भिडियोको छायाङ्कन भएको छ । प्रकाश वाइबा तामाङले भिडियो खिच्नुभएको हो । राज किङ वाइबाले कोरियोग्राफी गरेको भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्गमर डोमा शेर्पाको अभिनय छ ।

रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । निर्माण समूहले यस गीतको म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार