श्रावण २७, २०८३ बुधबार August 12, 2026

हिमपातका कारण कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कालाजग्रास्थित टेलिफोन टावरमा विद्युत् आपूर्ति नहुँदा जिल्लाको पूर्वी उत्तरी भेगको चार स्थानीय तहमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । हिमपातका कारण सोलारले काम गर्न छाडेपछि कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले जानकारी दिनुभयो ।

सो क्षेत्रमा क्षेत्रमा पटक–पटक टेलिफोन सेवामा समस्यामा आउने गर्दछ । “सामान्य बादल लाग्नेबित्तिकै टावर गइहाल्छ, यसपटक तीन दिनसम्म लगातार हिमपात भएकाले टावर आउने कुरै रहेन”, कोल्टीका व्यापारी जनम धामीले भन्नुभयो । समस्या समाधानका लागि यहाँका स्थानीय तह र टेलिकमले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन् ।

कोल्टी क्षेत्र सम्पर्कविहीन बनेपछि स्थानीयवासीको दैनिकीसमेत प्रभावित भएको छ । बडिमालिका नगरपालिका स्थित कालाजग्रमा रहेको टेलिकमको रिपिटर टावरले पनि हिमपातका कारण काम गर्न छाडेको छ ।

टेलिकमका सेवा अवरुद्ध भएपछि यहाँका सञ्चारमाध्यम तथा बैंकको सेवा अवरुद्ध हुन पुगेको नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष छक्क मल्लले बताउनुभएको छ । हिमपातका कारण बाजुरालगायत समग्र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक–पटक फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीलाई निकै सास्ती भएको छ ।

बाजुराको टेलिफोन मर्मतका लागि प्राविधिकको समस्या रहेको टेलिकम सुदूरपश्चिम प्रदेश प्रमुख नामाकरण न्यौपानेले बताउनुभयो । हवाई सेवा सुरु भए प्राविधिक पठाउने उहाँले जानकारी दिनुभयोे छ ।

हिमपात हुने बित्तिकै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा टेलिकमको टेलिफोन सेवा अबरुद्ध हुने गर्दछ । गत बिहीबारुको हिमपातले बाजुरा सहित अछाम र बझाङमा टेलिफोन सेवा अवरुद्ध रहेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
२०८३ श्रावण २७, बुधबार
रवि लामिछानेको आठदिने चीन भ्रमण तय, उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता हुने
२०८३ श्रावण २७, बुधबार