कार्तिक ११, २०८३ बुधबार October 28, 2026

बलिउडबाट गुमनाम बनेका यी आइटम गर्ल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आइटम गीतलाई फिल्मको मुटु मानिन्छ । यी गीतको शब्दले फ्यानलाई जति प्रभावित बनाउँछ, गीतमा आइटम नृत्य गर्ने अभिनेत्रीको हटनेस र ग्ल्यामरले दर्शकलाई उत्तिकै उत्तेजित र मोहित तुल्याउँछ । फिल्मको प्रचारप्रसारको एक प्रमुख माध्यम आइटम गीत बन्दै आएको छ ।

आइटम गीतमा अभिनय गर्ने अभिनेत्रीहरुको लोकप्रियतालाई नयाँ उचाई दिन्छ । तर, एउटा सत्य के हो भने कतिपय अभिनेत्रीलाई भने त्यही आइटम गीतका कारण ‘आइटम गर्ल’को ट्याग लाग्ने गरेको छ । बलिउडमा कुनै समय केही अभिनेत्रीले हिट आइटम गीतमा कम्मर मर्काएका थिए । तर, अहिले उनीहरु बलिउडबाट टाढिइसकेका छन् ।

मोडल निगार खान नर्वेको लोकप्रिय मोडल हुन् । उनी चर्चित गीत ‘चढ्ती जवानी’को रिमिक्स भर्सनको आइटम गीतमा देखिएकी थिइन् । यो गीतमा उनको आइटम नृत्यलाई दर्शकले खुबै मनपराएका थिए । पछिल्लोपटक उनी सन् २०१५ मा फिल्म ‘दो चेहरे’ मा देखिएकी थिइन् । यो फिल्मपछि उनी बलिउडबाट हराइन् ।

यो सूचीमा भारतीय क्रिकेटर हार्दिक पाण्डेयकी पत्नी तथा सर्बियाली मोडल नताशा स्टेनकोविचको नाम पनि आउँछ । उनले बलिउडमा सन् २०१३ मा पाइला चालेकी थिइन् । बलिउड निर्देशक प्रकाश झाको फिल्म ‘सत्याग्रह’ को आइटम गीत ‘अइयो जी’ मा उनको हट नृत्य हेर्न पाइन्छ । नताशा गायक बादशाहका साथ गीत ‘डीजे वाले बाबु’ मा पनि देखिएकी थिइन् । हाल निजी जीवनमा व्यस्त नताशा सामाजिक सञ्जालमा सक्रिय छिन् ।

अभिनेत्री क्लाउडियाले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘७८६’ को आइटम गीत ‘बलमा’मा कम्मर मर्काएकी थिइन् । यो गीतलाई दर्शकले निकै मन पराएका थिए । तर, क्लाउडिया भने बलिउडबाट गुमनाम भइन् ।

अर्की अभिनेत्री मेघना आइटम गीत ‘कलियों का चमन’ मा देखिएकी थिइन् । यो आइटम गीत आज पनि उत्तिकै लोकप्रिय छ । मेघना फिल्म ‘हदिया’ मा पछिल्लोपटक देखिएकी थिइन् । मेघना अहिले बलिउडबाट टाढिएर पारिवारिक जीवनमा व्यस्त छिन् ।

बलिउडको हिट आइटम गीत ‘बाबु जी जरा धीरे चलो’ आज उत्तिकै लोकप्रिय छ । यो आइटम गीतमा याना गुप्ताको ठुम्का हेर्न पाइन्छ । अहिले याना बलिउडबाट टाढिएकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार