कार्तिक ११, २०८३ बुधबार October 28, 2026

अभिनेत्री काव्या थापर न्यायिक हिरासतमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भारतीय अभिनेत्री काव्या थापरलाई जुहू न्यायिक हिरासतमा छिन् । उनीलाई मदिरा सेवन गरेर गाडी चलाएको र प्रहरीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ गरी न्यायिक हिरासतमा राखिएको हो ।

काव्या तमिल र तेलुगू फिल्मकी अभिनेत्री हुन् । उनलाई जुहूको प्रहरीले मुम्बई प्रहरीलाई हस्तान्तरण गरेपछि हिरासतमा राखिएको छ । उनले मदिरा सेवनबाट गाडी चलाउँदा दुर्घटना परेपछि एक व्यक्ति घाइते भएका थिए । यसपछि उनले प्रहरीमाथि दुर्व्यवहार गरेकी थिइन् । प्रहरीले अदालतमा उजुरी दिएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो ।

२६ वर्षीया काव्यले मुम्बईमा पढाइ पूरा गरेकी हुन् । पढाइ पूरा गरेपछि उनी ग्ल्यामर क्षेत्रमा आएकी थिइन् । उनले सर्ट फिल्म ‘तत्काल’बाट डेब्यू गरेकी थिइन् ।

यो फिल्मपछि उनले तेलुगू फिल्म ‘इ माया पेरिमेतो’, ‘मार्केट राजा एमबीबीएस’मा अभिनय गरिन् । काव्या सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छिन् । उनी प्रायः आफ्ना बोल्ड तस्वीर र भिडियो पोस्ट गरिरहन्छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार